२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । यो साताको पहिलो दिन करिब ७० अंकले बढेर बर्षकै सर्वाधिक कारोवार सहित किर्तिमानी कायम गरेको शेयर बजार साताको दोश्रो दिन भने नगन्य मात्रामा ओराली लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार १ दशमलव ९६ अंकले घटेर नेप्से १ हजार ५ सय २ दशमलव १८ अंकमा पुगेको छ ।
सोमवार ८३ लाख ४८ हजार २ सय ३४ कित्ता शेयरको कारावार हुदा कुल रु ३,४१०,५१६,२७८ रकमको कारोवार भएको छ ।
आज कारोवारका आधारमा एनएमबी वैङको सबैभन्दा धेरै कारोवार भएको छ । कालिका लघुवित्त विकास बैङक लि. का शेयर सदस्यहरुले आज सबैभन्दा धेरै कमाएका छन् भने गुहेश्वरी मर्चेन्ट बैङक तथा फाइनान्स कोअपरेटिभ लि. का शेयर सदस्यहरुले सबैभन्दा धेरै गुमाएका छन् ।
कारोवारको शुरुवातमानै उच्च अंकका साथ बृद्धि भएको शेयर बजार बन्द हुने बेलासम्ममा आइपुग्दा नगन्य अंकका साथ घटेको थियो । केहि दिनदेखि उत्साहमय बनेको शेयर बजार सोमवार सामान्य मात्रामा घटेको भएपनि आत्तिनुपर्ने अवस्था भने आइनसकेको लगानीकर्ताहरुको भनाई छ ।
केही दिन यता शेयर बजारमा आएको उच्च बृद्धिले अल्कालिन लगानीकर्ताहरु बढेको व्रोकर नं. ४९ मा आएका एकजना लगानीकर्ताले अर्थ बुलेटिनलाई बताए । उनले भने केहि दिन यता शेयर बजारमा भेल आएको छ । यो भेलमा उत्रने र डुब्ने दुबै सम्भावना हुने हुदाँ लगानीकर्ताहरुले सावधानी अपनाउनुपर्दछ तर आत्तिनुपर्ने बेला भने आएको छैन ।
यो पनि पढ्नुहोस् ।