अर्थ मन्त्री डा. खतिवडाको बहिर्गमनको प्रत्यक्ष प्रभाव शेयर बजारमाबुधवार एकै दिन ५० अंकले बृद्धि

 अर्थ बुलेटिन संवाददाता   १४ फागुन, २०७६



काठमाडौं । शेयर बजारको कट्टर आलोचक मानिने अर्थ मन्त्री डा. युवराज खतिवडाको सांसद पद सकिन लाग्दा दिन प्रतिदिन यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको छ । 

केहिदिन यता अधिक मात्रामा लगानी भईरहेको र भारी अंकका साथ बृद्धि भईरहको शेयर बजारको प्रमुख कारण डा. खतिवडाको सकिन लागेको सांसद पद भएको अर्थ विश्लेषकहरुको भनाई छ ।

डा. खतिवडा गभर्नर हुदा होस् वा मन्त्री हुदाँ अन्य कुनैपनि उच्च ओहोदामा रहदाँ कुनैपनि शेयर बजारको लगानीका वारेमा सकारात्मक नभएको र हरेक सार्वजनिक अभिव्यक्तिहरु शेयर बजारको विरुद्धमा हुदा लगानीकर्ताहरु निराश भएको लगानीकर्ताहरुको भनाई छ । यही फागुण २१ गते उनको सांसद पद सकिदैछ यद्यपी उनको वहिर्गमन वा निरन्तरता भन्ने वारेमा कुनै औपचारिक निर्णय भने भईसकेको छैन ।

तैपनि उनको बहिर्गमनको आंशका दिन २ गुणा, रात ४ गुणा भनेझै शेयर बजार आकाशिरहेको लगानीकर्ताहरुको बुझाई छ । 

केहि समय यता आकाशिदै गएको शेयर बजार बुधवार एकै दिन ५० दशमलव ९३ अंकले बृद्धि भएर १ हजार ५ सय ९६ दशमलव १३ अंकमा पुगेको छ । 

गत बुधवार १ हजार ४ सय ५ दशमलव २६ मा रहेको नेप्से अर्को बुधवार सकिदा १९०.८७ अंकले बढेको छ । 

यस सातामा मात्रै आइतवार १ हजार ५ सय ४ दशमलव १४ अंकमा रहेको नेप्से बुधवारसम्ममा कुल ९१ दशमलव ९९ अंकले बढेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation