२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । आज पनि नेप्सेमा उछाल आएको छ । नेप्से आज ३६ दशमलव पाँच अंकले बढेर १६ सय ३२ दशमलव १७ अंकमा पुुग्दा सेन्सिटिभ पनि ११ दशमलव ६३ अंकले बढेर तीन सय ४७ दशमलव ४८ अंकमा चढेको छ ।
आज एक सय ८० कम्पनीहरुको ३५ हजार चार सय ६७ वटा कारोबारमा एक करोड आठ लाख ५९ हजार छ सय ५६ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार दुुई सय ५१ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा नौ वटा समुहको सुचक घटे पनि तीन वटाको बढेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक ८३ दशमलव २९ अंकले बढेर १४ सय ४० दशमलव १५ अंकमा पुुगेकोमा पुुगेको छ भने विकास बैंक र उत्पादनमुुलक समुहको सुचक पनि बढेको छ ।
जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । कमाउने कम्पनीहरुको सुचीमा आज एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक आदि परेको छ भने गुमाउने कम्पनीहरुको सुचीमा ङादी ग्रुुप पावर लिमिटेड, सिर्नर्जी पावर लिमिटेड आदि परेकाछन् ।
कारोबार भएको रकमको आधारमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक आदि परेकाछन् ।