फ्युचर वल्र्डमा एप्पल प्रोडक्ट खरिद गर्ने सानिमा बैंकका ग्राहकलाई विशेष छुट

 अर्थ बुलेटिन संवाददाता   १८ फागुन, २०७६



काठमाडौं । सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपालप्रा. लि. (फ्युचर वल्र्ड) बीच एप्पल प्रोडक्टका जस्तै आईफोन, आईप्याड, म्याक बुुक तथा अन्य सामानमा सानिमा बैंकका ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मल अवस्थित फ्युचर वल्र्डमा एप्पल का प्रोडक्ट खरिद गर्दा छ हजार  रुपैयाँसम्म नगद तथा सात हजार रुपैयाँसम्मका सामानहरु प्राप्त गर्न सक्नुहुनेछ ।

साथै बैंककाग्राहकहरुले सानिमा बैंकको क्रेडिट कार्डमार्फत्१८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्नेछन् ।  सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा. लि. को तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरे ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation