नेप्समा उच्च गिरावट झण्डै पाँच अर्बको सेयर किनबेच

 अर्थ बुलेटिन संवाददाता   १८ फागुन, २०७६



काठमाडौं । नेप्से उच्च अंकले घटेपनि कारोबार रकम बढेको छ । आज आईतबार नेप्से ४० दशमलव ८२ अंकले घटेर १५ सय ९१ दशमलव ३६ अंकमा पुुग्दा सेन्सिटिभ सात दशमलव चार अंकले घटेर तीन सय ४० दशमलव ६४ अंकमा झरेको छ ।

आज एक सय ८३ कम्पनीहरुको  ३९ हजार दुुई सय ८९ वटा कारोबारमा एक करोड २१ लाख १७ हजार दुई सय १७ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम चार अर्ब ८४ करोड ७४ लाख ३७ हजार पाँच सय पाँच रुपैयाँ पुुगेको छ ।  

आज १२ वटा समुहको कारोबार भएकोमा फाईनान्स बाहेक सबै समुहको सुचक घटेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक २५ दशमलव २४ अंकले घटेर १४ सय १४ दशमलव ९१ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि २२ दशमलव २१ अंकले घटेर एक हजार ८० दशमलव नौं अंकमा झरेको छ ।

विकास बैक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । 

कमाउने कम्पनीहरुको सुचीमा आज मितेरी डेभलपमेन्ट बैक, मञ्जुुश्री फाईनान्स आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा बोर्टलस नेपाल तराई लिमिटेड, स्वाभिमान लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् । यसैगरी कारोबार भएको रकमका आधारमा भने एनएमबि बैंक, ग्लोवल आईएमई बैंक आदि परेकाछन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation