एन आई सी एशियाको मुद्दती खातामा उच्च ब्याजदरसँगै बीमा सुविधा थप

 अर्थ बुलेटिन संवाददाता   २० फागुन, २०७६



काठमाडौं । एन आई सी एशिय बैंककले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा पनि दिदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रुपमा चिनिएको मुद्दती निक्षेप खातामा एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको हो ।

यसअघि विभिन्न अविस्वासनीय सुविधाहरु दिदै आएको बैंकको व्याक्तिगत मुद्दती खातामा ग्राहक महानुभावहरूको लागि तीन विभिन्न अतुलनिय बीमा सुविधा दिएको छ । जसले परम्परागत रुपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषानै फेरिदिएको छ ।

बैंकले ग्राहक महानुभावहरुको सुविधाको लागि न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता मार्फत जीवनमा आईपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बीमा सुविधा दिएको छ ।

बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहकमहानुभावले १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्नुहुनेछ ।

ग्राहक महानुभावले बहिरंग (ओपडी) उपचार गर्नु परेमा २० हजार रुपैयाँ सम्मको सुविधा लिन सकिनेछ । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका काममा खर्च गर्न सक्नुहुनेछ । ग्राहक सिकिस्त विरामी भइ अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रुपैयाँसम्म बीमाबाटै खर्च गर्न सकिनेछ । 

बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरीसक्नु भएको छ । एन आई सी एशिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरुको लागि निकै फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।

२१ लाखसम्मको बीमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैंकले सम्झौता गरे अनुरुप भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनैपनि अतिरिक्त शुल्क खर्च नगरि १४ हजार रुपैयाँको सेवा लिन सक्नुहुनेछ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation