२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौँ । सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १४.३७ अंक (०.९६ प्रतिशत) बढेर एक हजार ५०९.६७ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इन्डेक्स यस दिन २.६१ अंक (०.८१ प्रतिशत) बढेर ३२४.०४ विन्दुमा पुगेको छ।
नेप्सेका अनुसार आज १८१ कम्पनीको ३३ हजार ८९८ पटकको कारोबारमा ३ अर्ब ८५ करोड १६ लाख रुपैयाँ बराबरको ८२ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।यस दिन मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। सो फाइनान्सको शेयरमूल्य यस दिन २६ रुपैयाँ बढेर २८८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य ९.२७ प्रतिशत बढेको छ।
नेपाल लाइफ इन्स्योरेन्सको यस दिन सर्वाधिक शेयर खरिदबिक्री भएको छ। सो इन्स्योरेन्सको यस दिन ४० करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनएमबि बैंकको कारोबार रकम २५ करोड नाघेको छ भने एनआईसी एशिया, हिमालयन डिष्टिलरी, नबिल बैंक र एभरेष्ट बैंकको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
समूहगत आधारमा यस दिन पनि वाणिज्य बैंकहरुकै सर्वाधिक कारोबार भएको छ। यस दिन वाणिज्य बैंकहरुको मात्रै १ अर्ब ५९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, जीवन बीमा कम्पनीहरुको ७० करोड २१ लाखभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
यस दिनको फ्लोरसिटका आधारमा तिनाउ मिसन डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, नाडेप लघुवित्त लगायतका कम्पनीहरु मोस्ट पपुलर बाईमा परेका छन्। त्यसैगरी, मोस्ट पपुलर सेलमा यस दिन स्पर्श लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, बोटलर्स नेपाल (तराई) लगायतका कम्पनीहरु परेका छन्।