

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र कमलपोखरी, काठमाडौंस्थित गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले गम्स एण्ड गिगल्स डेन्टलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र गम्स एण्ड गिगल्स डेन्टलकी डा. नियुक्ति अर्जालले हस्ताक्षर गरेकाछन् ।