लक्ष्मी प्रपन्न निरौला कृषि विकास बैक सञ्चालक समितीको अध्यक्षमा नियुक्त

 अर्थ बुलेटिन संवाददाता   २१ फागुन, २०७६



काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितीको अध्यक्ष पदमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएकाछन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौलालाई अर्थमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा अध्यक्षमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।  

राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशकबाट केही महिनाअघि मात्र अवकास पाएका थिए । नवनियुुक्त अध्यक्ष निरौलालाई नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएको जानकारी पनि बैंकले दिएको छ ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation