कोराना भाईरसको संक्रमणप्रति नेपाल इन्भेष्टमेन्ट बैंकको चासो

 अर्थ बुलेटिन संवाददाता   २२ फागुन, २०७६



काठमाडौं ।  विश्वभरि नोबल कोरोनाभाइरस (कोभिड–१९) फैलिँदै गएकोे तथा मुलुकमा पनि भाइरस संक्रमणमा जोखिम बढ्दै गएको सन्दर्भमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक, कर्मचारी, सरोकारवाला तथा समग्र देशवासीहरूप्रति चासो/सरोकार व्यक्त गर्दछ । 

यसै विषयलाई मध्यनजर गर्दै बैंकले कोरोनाभाइरसको विस्तार विरुद्धको रोकथामसम्बन्धी उपायहरू अबलम्बन गर्न सरु गरिसकेको छ ।  बैंकिङ सेवा लिन आउने ग्राहकहरुको सुरक्षाका लागि कार्यालय परिसरको प्रवेश र निकासद्धारमा  सेनिटाइजेसन र बच्ने उपायहरु उल्लेख गरिएको सुचना टासिएको छ ।

सबै ग्राहकहरुलाई कार्यालय प्रवेश गर्दा उपलब्ध गराइएको सेनिटाइजेसन प्रयोग गरी भाइरस प्रभावित हुनबाट सतर्क रहन अनुरोध गर्दछ । 

विश्व स्वास्थ्य संगठनद्वारा गरिएका सिफारिस र सुरक्षा उपायहरूलाई ध्यानमा राखी नेपाल सरकारले जारी गर्ने सुरक्षा र रोकथाम सम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाल इन्भेष्टमेन्ट बैंक समग्र देशवासीहरूलाई अपिल गरेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation