आरबीबी इम्पावरमेन्ट एकेडेमीको तेस्रो चरणको कार्यक्रम शुरु

 अर्थ बुलेटिन संवाददाता   २२ फागुन, २०७६



काठमाडौं । गर्भीलो इतिहास बोकेको देशकै सरकारी बैंकले विशेष गरी युवा वर्गहरुको लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्व अन्तर्गत आज एक समारोहबीच आरबीबी इम्पावरमेन्ट एकेडेमी को तेस्रो चरणको कार्यक्रम प्रदेश नं २ को लागि शुरुवात गरेको छ ।

फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । 

एकेडेमीले २०७६ फाल्गुन २१ गते बाट फाल्गुन ३० सम्म निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा २०७६ चैत्र ७ देखि चैत्र ९ गते सम्म वीरगंजमा  संचालन गर्दैछ ।

प्रदेश नं. २ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरु (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा  विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने छ । 

कार्यक्रममा उपस्थित सबैजनालाई राष्ट्रिय वाणिज्य बैंक, प्रदेश नं २ का प्रमुख विश्व प्रकाश ज्ञवालीज्यूले स्वागत गर्नुभई युवा लक्षित ट्रेनिङ्ग आफ्नो प्रदेशमा पनि गर्न लागेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज ले ५५ वर्षको गर्भीलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृति विकाशका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले हाम्रो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम संचालन गरिएको कुरा बताए ।

वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षीत जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा , रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृतिविकाशमा धेरै सहयोग गर्ने कुरामा उहांले  विश्वास व्यक्त गरे । 

आवेदकहरुमध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालीममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ ।

सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै बाकी प्रदेशहरुमा पनि संचालन गरीनेछ । यो कार्यक्रम प्रदेश नं १ र ३ मा संपन्न भई तालीम लिएकाहरु हाल बैंकमा इन्टर्नको रुपमा आवद्ध रहेकोछन । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation