सिटी एक्सप्रेस र खल्ती डिजिटल बीच रेमिट्यान्स सम्झौता

 अर्थ बुलेटिन संवाददाता   २२ फागुन, २०७६



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर  र खल्ती डिजिटल वालेटबिच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटको तर्फबाट निर्देशक अमित अग्रवालले सो सम्झौतामा हस्ताक्षर गरेका हुुन ।

सम्झौता अनुसार खल्ती डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो खल्ती एप्मा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७,५०० भन्दा बढि एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै  खल्ती डिजिटल वालेटका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् ।

साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुविधा पनि सिघ्र सुचारु हुने भएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तराष्ट्रिय एजेन्टहरुबाट पनि सिधै खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुबिधा सुरु हुनेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्वभरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation