२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । आज बिहीबार शेयर बजार मापक नेप्से सूचककको साथै कारोबार रकमममा समेत संकुचन देखिएको छ। आज नेप्से सूचक ५.५० अंकले घटेर १४३५.७० विन्दुमा झरेको छ भने कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै ४५ करोड रुपैयाँले घटेको छ।
अघिल्लो दिन बुधबार २ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार १७९ वटा कम्पनीको ५९ लाख ४० हजार कित्ता शेयर २ करोड ४५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ।यस दिन कारोबारमा आएका १२ वटा उप समूहमध्ये ४ वटा उप समूहको सूचक केही बढेको छ भने बाँकी ८ वटा उप समूहको सूचक नकारात्मक देखिएको छ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ३ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनएमबि बैंकको एक कारोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै एनआइसी एशिया, मञ्जुश्री फाइनान्स, हिमालयन डिीटलरी, नविल बैंक ग्लोबल आइएमइ बैंक पनि उच्च कारोबार हुने कम्पनीकाे शीर्ष स्थानमा रहेका छन्।घटेको बजारमा पनि दुई कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
आज मञ्जुश्री फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने राधी विद्युतको पनि ९.०४ प्रतिशतले बढेको छ। त्यस्तै बोटलर्स नेपाल (तराई) को शेयरमूल्य ८.२१ प्रतिशतले बढेको छ भने जनउत्थान लघुवित्त, गणपति लघुवित्त, विजय लघुवित्त र हिमालय उर्जा विकास कम्पनी पनि उच्च शेयरमूल्य बढ्ने कम्पनीको शीर्ष स्थानमा रहेको छ।
आज दुई कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ। नेपाल हाइड्रोको शेयरमूल्य सबै भन्दा धेरै ९.६९ प्रतिशतले घटेको छ भने हिमाल दोलखाको शेयरमूल्य पनि ९.३२ प्रतिशतले घटेको छ। त्यस्तै मिथिला लघुवित्त, युनियन हाइड्रोपावर, ओरियन्टल होटल र आइएमई जनरल इन्स्योन्सको शेयर मूल्य पनि उच्च रुपले घटेको छ।