ललितपुरको नखिपोटमा सिभिल बैंकको शाखा विस्तार

 अर्थ बुलेटिन संवाददाता   २२ फागुन, २०७६



काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा  ललितपुर जिल्लाको नखिपोटमा आफ्नो शाखा संचालनमा ल्याएको छ । एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले बैकको नखिपोट शाखाको समुद्घाटन गरेका हुुन् । 

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्युनिटी चाईल्ड केयर सेन्टरलाई उक्त संस्थामा आश्रित बालबालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरिएको बैंकले जानकारी दिएको छ । सो ब्ल्याङ्केट सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राजतामाङ्गद्वार सेन्टरकी अध्यक्ष श्रीमती बिष्णु थापालाई प्रान गरिएको हो । 

नखिपोट शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले नखिपोटमा शाखा स्थापना संगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुलबाताबरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथाआफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।

देशभरी समग्र बैंकिंग प्रणाली मार्फत हालसम्म करिब ३५ खर्ब भन्दा बढी निक्षेप परिचालन गरी करिब ३१ भन्दा बढी खर्ब कर्जा लगानी गरिएको पनि उनले बताए ।  उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक नखिपोट शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागि साना तथा मझौला ब्यापार ब्यबसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए । 

उक्त समारोहका सभापति तथा सिभिल बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ्गले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।

उक्त शाखाको उद्घाटन समारोहमा बैंकका संचालकहरु लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्तित था सर्वसाधरणको बाक्लो उपस्थिति थियो । बैंकको हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव रु. ५४अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५२ अर्व कर्जा लगानी रहेको छ ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation