सुनलाई पनि निक्षेपको रुपमा स्वीकार गर्न राष्ट्र बैंकको परिपत्र न्यूनतम २५ ग्राम हुनुपर्ने

 अर्थ बुलेटिन संवाददाता   २२ फागुन, २०७६



काठमाडौं । वाणिज्य  बैंकहरुलाई सुनलाई पनि नगद सरह नै निक्षेपको रुपमा स्वीकार गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको छ । राष्ट्र बैकले आज बिहिबार वाणिज्य बैंकहरुको नाउँमा मात्र लागुु हुने गरी यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । 

यसको लागि वाणिज्य बैंकहरुले नीति तथा कार्यबिधी बनाएर सञ्चालक समितीबाट पारित गनुपर्ने र सुन निक्षेप स्वीकार गर्ने भएको त्यसको जानकारी राष्ट्र बैकलाई दिनुु पर्ने छ ।

बैंकहरुले न्युुनतम २५ ग्राम परिमाणको सुनलाई निक्षेपकोरुपमा स्वीकार गर्न सक्नेछन् ।  निक्षेप जम्मा गर्ने ग्राहकहरले प्रमाणपत्रको आधारमा निक्षेपकोरुपमा रहेको सुुनको परिमाणको ७० प्रतिशतसम्म कर्जा लिान पाउने छन । राष्ट्र बैकका अनुसार १० लाख भन्दा माथिको सुन निक्षपकोरुपमा राख्न श्रोत खुुलाउनुुपर्ने छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation