सनराइज बैंक मोबाइल बैंकिङ्ग लिडर अवार्ड प्राप्त गर्न सफल

 अर्थ बुलेटिन संवाददाता   २३ फागुन, २०७६



काठमाडौं । सनराइज बैंकले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ्ग लिडर अवार्ड प्राप्त गर्न सफल भएको छ ।  बैंकले मोबाइल बैंकिङ्ग सेवामार्फत नबिनतम् सेवा सुबिधा तथा सहज डिजिटल भुक्तानी प्रदान गरी छोटो समयमा धेरै ग्राहकहरु वृद्धि गर्न सफल भएको र मोबाइल डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न  डिजिटल साक्षरता अभिबृद्घि कार्यक्रमहरु संचालन गर्दै आएबापत सम्मान स्वरुप अवार्ड प्राप्त गरेको हो ।

मोबाइल बैंकिङ्ग सेवाप्रदायक संस्था एफवाट सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत विश्वास ढकालले एक कार्यक्रमकाबिच सो अवार्ड बैंकका प्रमुखकार्यकारी अधिकृत जनकशर्मा पौड्याललाई हस्तान्तरण गरेका हुन ।

डिजिटल भुक्तानी क्षेत्रमा हाल सालै स्थापित यस अवार्ड पाउने प्रथम बैंक हुन पाउँदा सन्राइज बैंक परिवार हर्षित भएकाछन् । 
बैंकले १५२ ए.टि.एम, १३० शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्क, ८००० रेमिट्यान्स एजेन्ट मार्फत ६ लाखभन्दा बढि ग्राहकहरुलाई स्वदेश तथा बिदेशमा समेत सेवा प्रदान गर्दै आएको सन्राइज बैंक डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहन गर्ने हेतुले सन्राइज बैंकले बिभिन्न ब्यापारिक प्रतिष्ठानहरु, होटल, हस्पीटल लगायतको क्षेत्रसँग समन्वय गरी बिभिन्न किसिमका छुट योजना, क्यास ब्याक योजना लगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation