

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र कोहलपुर ११, मेडीकल कलेज लाइन बाँकेस्थित होटल अतिथिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटलको सेवासुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका बासगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अतिथिका प्रबन्ध निर्देशक नरबहादुर ओलीले हस्ताक्षर गरेका हुुन् ।