एन आई सी एशिया क्यापिटलको विशेष छुट योजन सञ्चालनमा

 अर्थ बुलेटिन संवाददाता   २३ फागुन, २०७६



काठमाडौं । एनआईसी एशिया क्यापिटलले बिशेष छुुट योजना सार्वजनिक गरेको छ । कम्पनीले संचालनमा आएको तेश्रो वर्ष पुरा भएको अवसरमा विशेष छुट योजन सञ्चालनमा ल्याएको हो । कम्पनी यही फागुुन २२ गते संचालनमा आएको तीनवर्ष पुरा गरेको छ । 

संचालनमा आएको छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको दावी पनि कम्पनीले गरेको छ । मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्ररुपमा प्रतिस्पर्दा रहदा समेत एनआई सी एशिया क्यापिटल संचालनमा आएको तीन वर्षको छोटो अवधिमै निम्न उपलब्धी हाशिल गर्न सफल भएको छ ।

साथै क्यापिटलले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवाशुल्कमा विशेष  छुट योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ ।

यसको साथै यही फागुन २२ गते देखि २०७६ साल चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवाशुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । क्यापिटलको तेश्रो वर्ष पुरा गरेको अवसरमा क्यापिटलमा हितग्राही खाता खोली शेयर कारोवार गर्नुहुने खाताधारकहरु, क्यापिटलले संचालन गरेको सामूहिक लगानी योजनामा लगानी गरेका इकाईधनीहरु, क्यापिटलको लगानी व्यवस्थापन सेवा लिईरहेका सेवाग्राहीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमकनिकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा समस्त क्यापिटल परिवार हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्न गरेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation