विश्व व्यापार सम्मेलनमा उद्योग परिसंघको प्रतिनिधि मण्डल सहभागि हुँदै

 अर्थ बुलेटिन संवाददाता   २३ फागुन, २०७६



काठमाडौं ।  भारतको प्रमुख प्रकाशन टाइमस् अफ इण्डियाद्वारा फागुन  २३ गतेबाट आयोजित विश्व व्यापार सम्मेलन मा भाग लिन नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल भारतको नयाँ दिल्ली गएको छ । 

उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विक्ष्णु कुमार अग्रवालले गरेका छन् । वरिष्ठ उपाध्यक्ष अग्रवालले सम्मेलनको पहिलो दिनको सत्रमा “लघु, घरेलु, साना र मझौला”उद्योगहरुको महत्व सहित नेपाल उक्त क्षेत्रको वस्तुस्थिति एवं सम्भावनाका विषयमा निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्ने  कार्यक्रम छ ।

परिसंघलाई प्राप्त जानकारी अनुसार आयोजक टाइमस् अफ इण्डियाको निमन्त्रणामा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दूगडले समेत उक्त सम्मेलनमा अतिथिको रुपमा र उक्त मन्त्रालयका उपसचिव श्रीधर गौतमले भाग लिनेछन । प्राप्त जानकारी अनुसार राज्यमन्त्री दूगडले उक्त सम्मेलनको दोस्रो दिनको सत्रलाई सम्बोधन गर्नेछन ।

दिल्ली भ्रमणको क्रममा राज्यमन्त्री दूगड सहित परिसंघको प्रतिनिधि मण्डलले भारतको फिक्की र पी एच् डी सी सी आई का पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन ।

उक्त भेटवार्ताका अवसरमा नेपाल–भारत बीचमा लगानी विस्तार, व्यापार प्रवद्र्धन एवम् पारवहनका क्षेत्रको विद्यमान वस्तुस्थितिको समिक्षा सहित दुबै देशका सरकार र निजी क्षेत्रका संस्था बीचको सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर बनाउने बारे छलफल हुने विश्वास गरिएको छ । 

परिसंघको उक्त प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा परिसंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक राजबहादुर शाह र परिसंघका निर्देशक हिमाल न्यौपाने रहेकाछन ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation