

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३१ करोड ७१ लाख ९३ हजार दुुई सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी एक अर्ब पाँच करोड ७३ लाख १० हजार छ सय रुपैयाँ मध्येबाट एक बराबर शुनउ दसमलव तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी ३१ लाख ७१ हजार नौ सय ३२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
बिक्री प्रर्वन्धक एनआईबिएल एस क्यापिटल मार्फत यही चैत १३ गतेबाट खुुल्ला हुुने हकप्रद सेयरको बिक्री कार्य आगामी बैंशाख तीन गतेसम्म कायम रहने छ ।
अधिकृत पुंजी दुुई अर्ब तथा जारी पुंजी एक अर्ब ३७ करोड ४५ लाख तीन हजार आठ सय रुपैयाँ रहेको कम्पनीले हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी एक अर्ब ३७ करोड ४५ लाख तीन हजार आठ सय रुपैयाँ पुुग्ने छ ।