करोनाबाट जोगिन एन आई सी एशिया क्यापिटलद्वारा ‘माक्स’ तथा ‘सेनिटाइजर’ वितरण

 अर्थ बुलेटिन संवाददाता   २४ फागुन, २०७६



काठमाडौं ।  एन आई सी एशिया क्यापिटल लिमिटेडले माक्स तथा सेनिटाईजर बितरण गरेको छ ।

कम्पनीले यही फागुन २२ गते संचालनमा आएको तेश्रो वर्ष पुरा गरेको उपलक्षमा क्यापिटलले संस्थागत सामाजिक उत्तरदाईत्व अन्तर्गत पवित्र धार्मिक स्थल पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको बृद्ध आश्रममा बसोवास गर्ने बृद्ध बुवाआमाहरु तथा नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय, वनकाली, काठमाडौंमा अध्यानरत विद्यार्थीहरुलाई पछिल्लो समयमा विश्व भर फैलिरहेको करोना भाईरस सर्नबाट बच्न अत्यन्तै महत्वपूर्ण भुमिका खेल्ने माक्स तथा सेनिटाइजर वितरण गरेको हो । 

साथै क्यापिटलले समय समयमा बाग्मती नदी सरसफाई अभियानमा सहभागी हुने, स्कुल, कलेज, आर्मि पुलिसको ब्यारेकहरुमा वित्तीय संक्षरता कार्यक्रम संचालन गर्ने तथा डिम्याट खाताको साथै लगानी व्यवस्थापनको आवश्यकता र महत्वको सम्बन्धमा आम नेपालीमा जानकारी गराउने उदेश्यका साथ “एक नेपाली, “एक डिम्याट खाता” अभियान समेत संचालन गरेको छ ।

यसका साथै भविष्यमा समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्दौ जाने क्यापिटललको लक्ष्य रहेको जानकारी दिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation