

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रशाद ढकालको पदावधि थप भएको छ ।
बैंकका अनुसार बिहिबार बसेको सञ्चालक समितीको दुुई सय ४० औं बैठकले प्रमुख कार्यकारी अधिकृत ढकालको पदावधि आगामी चार बर्षको लागि थप गरेको हो । थप कार्यकाल बिसं २०७७ बैशाख एक गतेबाट लागु हुुने बैंकले जनाएको छ ।