नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको पाँचौं अधिवेशन सम्पन्न

 अर्थ बुलेटिन संवाददाता   २५ फागुन, २०७६



काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको पाँचौं अधिवेशन बोर्डको सभाहल, जावलाखेल ललितपुरमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन सत्र युनियनका अध्यक्ष राजु बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भयो थियो । 

उद्घाटन सत्रको प्रमुख अतिथि बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानाले मन्तव्य राख्दै व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिए ।  त्यसैगरी, बोर्डका कार्यकारी निर्देशकद्वय परिष्टनाथ पौड्याल र निरज गिरीले कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गरे । 

विगत १४ बर्ष देखि राजु बहादुर जि.सी.को नेतृत्वमा रहेको यस युनियनको पाँचौ अधिवेशन मार्फत तोलाकान्त न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति समेत सर्वसम्मतले रुपमा चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन हुनु भएका छन् । कार्यसमितिको कार्यकाल ४ बर्षको हुनेछ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation