एपीएफ टोलीद्वारा माछाको भुरा बरामद

 अर्थ बुलेटिन संवाददाता   २५ फागुन, २०७६



मोरङ । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाबाट फागुन २५ गते एपीएफ टोलीले करीब तीन लाख ३० हजार रुपैयाँ बराबरको माछाको भुरा बरामद गरेको छ । 

भारतबाट अवैध रुपले भन्सार छली को २ ह ५५४३ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले उक्त माछाको भुरा बरामद गरेको हो ।

एपीएफ टोलीले त्यसवेला उक्त अटो समेत बरामद गरेको छ । बरामद माछाको भुरा तथा अटो भन्सार कार्यालय बिराटनगरमा बुझाइएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation