सेञ्चुरी बैंकद्वारा समुदायमा बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

 अर्थ बुलेटिन संवाददाता   २५ फागुन, २०७६



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालय  बनेपामा बैंकले  स्थानीय शेयरधनी, जनप्रतिनिधी, सहकारीकर्मी उद्योगी, ब्यवसायी लगायत  सेवाग्राहीहरुको लागि समुदायमा बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ । 

कार्यक्रम बनेपानगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा होटल सत्यम बनेपामा सम्पन्न भएको  थियो । कार्यक्रममा सेञ्चुरी बैंकले हालैमात्र संचालनमा ल्याएको वीमाको सुविधा सहितको सेञ्चुरी प्लस खाता  र अनुदानमा आधारित सहुलियत कर्जा सम्बन्धि जानकारी शाखा प्रबन्धक सुकेश शाक्यले गराएका थिए ।

  सेञ्चुरी प्लस खातामा वीमा सुविधा सम्बन्धि जानकारी आईएमई जनरल ईन्स्योरेन्स बनेपाका मार्केटिङ ट्रेनी साजन सुवालले गराएका थिए । 

साथै बैंकको लगानीमा संचालनमा रहेको  शेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडका लगानी ब्यवस्थापन अधिकृत सुमन गौतमले शेयर लगानी सम्बन्धि सचेतना र पोर्टफोलियो ब्यवस्थापनको सम्बन्धमा जानकारी गराएका थिए ।

बचत तथा कर्जा सुविधा सम्बन्धि ग्राहकहरुको जिज्ञासाको समाधान बैंकका बाग्मती प्रदेश प्रमुख अमित बज्राचार्य  र सहुलियत कर्जा सम्बन्धी जिज्ञासाको समाधान बैंकका कृषि तथा विपन्नवर्ग कर्जा विभागका नियम श्रेष्ठले गरेका थिए ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation