नेप्सेमा एकैदिन ८६ अंकको पहिरो, सुचांक जति रातै

 अर्थ बुलेटिन संवाददाता   २७ फागुन, २०७६



काठमाडौं । नेप्से रातै भएको छ । नेप्से आज ८६ दशमलव ३९ अंकले घटेर १३ सय ४९ दशमलव ३१ अंकमा पुुग्दा सेन्सिटिभ पनि १७ दशमलव ३५ अंकले घटेर दुुई सय ९० दशमलव ३६ अंकमा झरेको छ ।

आज एक सय ६१ वटा कम्पनीहरुको नौ हजार दुई सय ३९ वटा कारोबारमा २७ लाख ३५ हजार चार सय १८ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार रकम एक अर्ब सात करोड ६६ लाख ९६ हजार तीन सय रुपैयाँ पुुगेको छ ।  

आज १२ वटा समुहको कारोबार हुँदा सबै सुचक घटेर बजार रातै भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव ५८ अंकले घटेर ११ सय ८३ दशमलव ५७ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि ३८ दशमलव चार अंकले घटेर नौ सय ६५ दशमलव ४५ अंकमा झरेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ६२ दशमलव १९ अंकले घटेर पाँच हजार आठ सय ७८ दशमलव ४९ अंकमा झरेको छ । यसैगरी लघुबित्त, जीवन बीमा,  ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेर रातै भएकाछन् ।

कमाउने कम्पनीहरुको सुचीमा आज एनआईबिल समृद्धि फण्ड, आरएमडिसी लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा नेको इन्स्योरेन्स कम्पनी, लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आदि परेकाछन् ।

यसैगरी कारोबार भएको रकमका आधारमा पनि आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक आदि परेकाछन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation