२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । अघिल्लो दिन घटेको नेप्सेमा आज बुुधबार भने उछाल आएको छ । नेप्से आज ७३ दशमलव ७८ अंकले बढेर १४ सय २३ दशमलव नौ अंकमा चढेकोमा सेन्सिटिभ १४ दशमलव ३३ अंकले बढेर तीन सय चार दशमलव ६९ अंकमा चढेको छ ।
आज एक सय ८० कम्पनीहरुको २३ हजार दुुई सय ३७ वटा कारोबारमा ५६ लाख २६ हजार आठ सय १२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम दुई अर्ब २२ करोड १० लाख ८१ हजार छ सय ९० रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा ११ वटा समुहको सुचक बढेपनि सामुुहिक लगानी कोष समुहको सुचक घटेको छ । वाणिज्य बैंक समुहको सुचक भने आज ६८ दशमलव ४७ अंकले बढेर १२ सय ५२ दशमलव तीन अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि ४८ दशमलव ३२ अंकले बढेर एक हजार १३ दशमलव ७७ अंकमा चढेको छ ।
लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड, लक्ष्मी लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा हिमाल दोलखा पावर कम्पनी, नेपाल फाईनान्स आदि परेकाछन् ।
कारोबार भएको रकमका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एन आई सी एशिया बैंक आदि परेकाछन् ।