सेञ्चुरी बैंकद्वारा निःशुल्क स्वास्थ्यशिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन

 अर्थ बुलेटिन संवाददाता   २८ फागुन, २०७६



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको नवौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरु समेतको सहभागी उक्त शिविरमा धेरैजनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ३५ जनाभन्दा बढीको सहभागी थियो ।

बैंकका संचालक समितीका अध्यक्ष राजेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको बार्षिक कार्यक्रममा बैंकले महेन्द्र माध्यामिक विद्यालय हेलम्बु ( ६, सिन्धुपाल्चोकलाई २ थान ल्यापटप र १ थानप्रोजेक्टर प्रदान गरेको छ । त्यसैगरी बैंकले आवर चाईल्थड केयर नामक अनाथाश्रमलाई खाद्य सामाग्री पनि प्रदान गरेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation