प्राईम बैंकद्वारा कैलाश विकास बैंकलाई प्राप्ती, एकीकृत कारोबार सुरु

 अर्थ बुलेटिन संवाददाता   ३० फागुन, २०७६



काठमाडौं । प्राईम कर्मसियल बैंक र कैलाश विकास बैकले एकीकृत कारोवार सुरु गरेकाछन् । प्राईमद्वारा कैलाशलाई प्राप्ती गरि सुरु गरेको एकीकृत कारोवारको सुभारम्म प्राईमका सञ्चालक समितीका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले  बिहिबार गरेका हुुन् ।  

एकीकृत कारोवार पश्चात प्राईमको चुक्ता पुंजी १३ अर्ब ९८ करोड रुपैयाँ पुुगेको छ । यसैगरी बैकको कुुल निक्षेप एक खर्ब ३० अर्ब रुपैयाँ पुुगेको छ भने कुुल कर्जा रकम एक खर्ब १४ अर्ब रुपैयाँ पुुगेको छ ।

प्राप्ती पश्चात बैंकको कुुल शाखा संख्या दुुई सय पुुगेको छ । एकीकृत कारोवार पश्चात प्राईम चुक्ता पुंजी, निक्षेप तथा कर्जा, शाखा सञ्जाल आदिका दृष्टिकोणले बाँणिज्य बैंकहरु मध्येमा पाँचौं ठुुलो बैंक बनेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation