कोरोना त्रासः बायुुसेवा निगमद्वारा उडान कटौंती

 अर्थ बुलेटिन संवाददाता   ३० फागुन, २०७६



काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण यात्रु संख्यामा आएको कमीले गर्दा नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा केही कटौती गरेको छ ।

जस अनुसार दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं दिल्ली– काठमाडौं उडान मार्च १५ देखि लागु हुने गरी एउटा मात्र गरिनेछ । अब विहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ । 

बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्वईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिल सम्म स्थगित गरिएको छ । बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ ।

काठमाडौं दोहा बीचको उडान फागुन २७ गते देखिनै अर्को सूचना नभए सम्मका लागि स्थगित गरिसकिएको छ ।  उपरोक्त उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने छ भने टिकटको उडानको मिति १ पटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation