नियमित कारोबार समयमा एक घण्टा थप्दा पनि नेप्से पुरै रातो

 अर्थ बुलेटिन संवाददाता   २ चैत, २०७६



काठमाडौं । नेप्सेमा नियमित कारोबार समय एक घण्टा थपेर चार बजेसम्म कायम गरिएको भए पनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएन । साताको पहिलो दिन आज आईतबार नै थप कारोबार समय लागुु गरिएको पनि नेप्से पुरै रातो भएको छ ।

आज नेप्से ६४ दशमलव १४ अंकले घटेर १३ सय १३ दशमलव चार अंकमा फुग्दा सेन्सिटिभ १२ दशमलव ८८ अंकले घटेर दुुई सय ८२ दशमलव ६२ अंकमा झरेको छ । आज एक सय ७४  कम्पनीहरुको २४ हजार ४१ वटा कारोबारमा ५५ लाख ७० हजार ३० कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम दुुई अर्ब १० करोड १४ लाख १७ हजार दुुई सय ९२ रुपैयाँ पुगेको छ ।  

आज १२ वटा समुहको कारोबार  हुँदा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक ५७ अंकले घटेर ११ सय ५४ दशमलव ६१ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि ३२ दशमलव ८७ अंकले घटेर नौ सय ४७ दशमलव ९९ अंकमा पुुगेको छ ।

विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा,  ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । 

कमाउने कम्पनीहरुको सुचीमा आज युनाईटड मोदी हाईड्रो पावर कम्पनी, सिन्धुु विकास बैक आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा सामुुदायिक लघुुबित्त बित्तीय संस्था, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।

रकम कारोबारका आधारमा भचने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक आदि परेकाछन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation