हाजिर नपुगेका विद्यार्थी एसइई दिनबाट वञ्चित

 अर्थ बुलेटिन   ४ चैत, २०७६



बैतडी  । बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् ।

पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार ७५ प्रतिशत हाजिरी अनिवार्य हुनुपर्नेमा २७ जनाको हाजिरी नपुगेकाले मापदण्डअनुसार उनीहरू परीक्षा दिन अयोग्य भएका हुन् ।

यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा बैतडीबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् ।

नियमित, ग्रेड वृद्धि र प्राविधिक धारका गरी जिल्लामा पाँच हजार ६९४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक एवं सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियमिततर्फ दुई हजार ५५३ छात्र र दुई हजार ६४५ छात्रा गरी पाँच हजार १९८ परीक्षार्थी रहेका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ १७५ छात्र र ३२१ छात्रा गरी जम्मा ४९६ परीक्षार्थी रहेका छन् । यस्तै प्राविधिक धारतर्फ नियमित र ग्रेड वृद्धि गरी जम्मा १२४ जना परीक्षार्थी रहेका छन् ।

यसमा ९१ छात्र र ३३ छात्रा रहेका सूचना अधिकारी शर्माको भनाइ छ । चैत ६ गतेबाट सञ्चालन हुने परीक्षाका लागि जिल्लामा २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

ग्रेड वृद्धि गर्ने र प्राविधिक धारका विद्यार्थीको परीक्षा भने वीरेन्द्र मावि शाहीलेकमा हुने शर्माले बताउनुभयो ।

जिल्लाभित्र रहेका ११९ सामुदायिक विद्यालय चारवटा संस्थागत र एक खुल्ला गरी कूल १२४ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुने बताइएका छन् ।    

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation