२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । मंगलबार नेप्सेमा भिषण पहिरो गएको छ । आज नेप्से ४४ दशमलव ३३ अंकले घटेर १२ सय ७२ दशमलव छ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५३ अंकले घटेर दुुई सय ७४ दशमलव ५९ अंकमा झरेको छ ।
आज एक सय ७५ कम्पनीहरुको १८ हजार दुुई सय ५७ वटा कारोबारमा ४३ लाख ६७ हजार सात सय ७५ कित्ता किनबेच हुँदा कारोबार रकम एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार छ सय ५६ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुंदा सामुुहिक लगानी कोष समुहको सुचक बढेपनि बाँकी समुहको सुचक घटेर रातै भएकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक ३३ दशमलव १६ अंकले घटेर ११ सय २२ दशमलव ५५ अंकमा झर्दा विकास बैंक समुहको सुचक ५२ दशमलव ६८ अंकले घटेर १७ सय ३२ दशमलव ३६ अंकमा झरेको छ ।
यसैगरी जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादमुलक र अन्य समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा जोशी हाईड्रो पावर कम्पनी, घलेम्दी हाईड्रो पावर कम्पनी आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी, नेपाल सेवा लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् । यसैगरी कारोबार भएको रकमका आधारमा एनआईसी एशिया बैंक, एनएमबि बैक आदि परेकाछन् ।