

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीले आज मंगलबारबाट एक अर्ब ६० करोड रुपैयाको साधारण सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी हाल कायम रहेको जारी पुंजी १० अर्ब रुपैयाँको १६ प्रतिशतको दरमा एक करोड ६० लाख कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
बिक्री प्रर्वन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही चैत सात गते र ढिलोमा चैत १२ गते बन्द हुुने छ । सर्वसाधारणहरुले न्युुनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।