सेञ्चुरी बैंक र सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीबीच सहकार्य

    ५ चैत, २०७६



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्य समिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुले सिद्धर्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका प्रबन्धक – कार्डस र ट्रान्जेक्सन बैकिङ्ग युनेस पुरी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक सेल्स एण्ड मार्केटिङ्ग प्रोप्राइटर प्रभाकर खड्काले हस्ताक्षर गरेका हुुन् ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation