नेप्सेका सबै सुचक रातै

 अर्थबुलेटिन संवाददाता   ५ चैत, २०७६



काठमाडौं । नेप्से घटेर रातै भएको छ । आज बुुधबार नेप्से १६ दसमलव २६ अंकले घटेर १२ सय ५५ दशमलव ८० अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव आठ अंकले घटेर दुुई सय ७१ दशमलव ७९ अंकमा झरेको छ ।

आज एक सय ७१ कम्पनीहरुको १५ हजार सात सय ८० वटा कारोबारमा ३४ लाख ८३ हजार दुुई सय २१ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब १८ करोड ४४ लाख १६ हजार आठ सय ७८ रुपैयाँ पुुगेको छ । 

आज १२ वटा समुहको कारोवार हुँदा  ट्रेडिङ  बाहेक सबै सुचक घटेर रातै भएकाछन । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १५ दशमलव ८२ अंकले घटेर ११ सय छ दशमलव ७४ अंकमा झरेको छ भने विकास बैंक समुहको सुचक ११ दशमलव ७१ अंकले घटेर १७ सय २० दशमलव ६५ अंकमा झरेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

कमाउने कम्पनीहरुको सुचीमा आज सामुुदायिक लघुुबित्त बित्तीय संस्था, माउन्टेन हाईड्रो पावर कम्पनी आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा कालिका पावर लिमिटेड, सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन् । कारोबार भएको रकमका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक आदि परेकाछन् ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation