माईतिघर मण्डला सुधारका लागि कृषि विकास बैक र कामनपाबीच सहकार्य

 अर्थबुलेटिन संवाददाता   ६ चैत, २०७६



काठमाडौं । कृषि विकास बैंक लिमिटेड र  काठमाडौ महानगरपालिका (कामनपा) बीच माईतिघर मण्डला सुधारका लागि सम्झौता भयो । बैंकका बैंकका का.मु.उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम र काठमाडौ महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका हुुन् ।

सम्झौता अनुसार मण्डलामा बगैचा निर्माण गर्ने, वृक्षारोपण गर्ने, मौसम अनुसारका फूलका वोट एवं विरुवाहरु लगाउने, मर्मत संम्भार गर्ने हेरचाह, रेखदेख गर्ने तथा सौन्र्दयीकरण गर्ने कार्य बैंकले गर्ने छ । सम्भौता अवधी पाँच वर्षको हुनेछ ,यस अघि पनि बैंकले मण्डलाको संरक्षण तथा सौन्र्दयताका लागि उल्लेखनिय कार्यहरु गर्दै आएको थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation