‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा

 अर्थ बुलेटिन संवाददाता   ६ चैत, २०७६



 काठमाडौँ  । सन्राइज बैंक लिमिटेडले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई केन्द्रित गरी ‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको छ । यस खाताअनुसार गैरआवासीय नेपालीले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा एफसिवाइ फिक्स्ड डिपोजिट खाता खोल्न सक्ने बैंकले जनाएको छ । 

जम्मा भएको सो रकम तोकिएको समय अवधिपछि विनाझण्झट विदेशमा फिर्ता लैजान सकिने बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । दुई देखि पाँच वर्ष अवधिका लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वार्षिक चार प्रतिशत ब्याज दिने व्यवस्था गरिएको छ । 

 विदेशमा पाइने ब्याजभन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकलाई नेपालमा पैसा राख्न आकर्षित गर्ने बैंकको विश्वास छ । यसका लागि विदेशबाटै अनलाइन खाता खोल्ने व्यवस्थासमेत रहेको बैंकले जनाएको छ । उक्त मुद्दती खाताका आधारमा ग्राहकले ९० प्रतिशतसम्मको कर्जासमेत लिन सक्नेछन् ।     



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation