कोरोनासंग “फाइट” गर्दै शेयर बजार सामान्य सुधार, केहि दिनलाई कारोबार बन्द गर्न माग

 अर्थ बुलेटिन संवाददाता   ६ चैत, २०७६



काठमाडौं । पछिल्लो समय भारि अंककासाथ गिरावट आईरहेको शेयर बजारले नोवेल कोरोना भाइरससंग जुध्दै सुधारको लय समातेको छ । नियमित घटिरहेको शेयर बजार यो साताको अन्तिम दिन विहिवार भने १३.५० अंककासाथ बढेर १२६९.३० अंकमा पुगेको छ ।

सरकारले बुधवार कोरोना रोकथामको पूर्व सावधानीस्वरुप गरेको निर्णयले शेयर बजारमा नकारात्मक प्रभाव पार्न सक्ने आकलन लगानीकर्ताहरुले गरिरहेका बेला बजारले भने सुधारको लय समातेको हो ।

कोरोना भाइरसको सन्त्रास सकिएसंगै शेयर बजारमा भारि अंकले बृद्धि आउन सक्ने अनुमान गर्दै अब लगानीको बेला आएको केहि लगानीकर्ताहरुको विश्लेषण छ । सोहि कारण आज विहिवारको कारोवार बृद्धि भएको हुनसक्ने पनि लगानीकर्ताहरुले अनुमान गरेका छन् ।

यसैविच, आउने साता शेयर कारोवार बन्द गर्नकालागि लगानीकर्ताहरुले नेपाल धितोपत्र वोर्डसंग माग गरेका छन् । लगानीकर्ताहरुको एक टोली विहिवार वोर्डमा पुगी वोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्दै गएको र यसले नेपालमा पनि असर गर्न सक्ने भदै समायमनै संयम भई पूर्व सर्तकता अपनाउन सुझाव दिएका छन् ।

लगानीकर्ताहरुको सुझावमा अध्यक्ष ढुंगानाले आफु सकारात्मक रहेको बताए पनि निर्णयका लागि अर्थ मन्त्रालयसंग समन्वय गर्ने बताएका छन् । शुक्रवार र शनिवार शेयर कारोवार बन्दनै रहने भएकाले बजार खुल्ने दिनसम्ममा केहि ढोस निर्णयमा पुग्ने आश्वासन अध्यक्ष ढुंगानाले दिएको एक लगानीकर्ताले अर्थ बुलेटिनलाई बताए । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation