

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रदेश–५ अन्तर्गत दाङ्ग, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ । सम्झौताहरु अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त हुनेछ ।
बैंकका अनुुसार कृष्णसार रिर्सोट प्राली, ग्रिनपिस माध्यमिक बिद्यालय सहितका पाँच वाट संस्थामा १० देखि २५ प्रतिसतसम्म छुुट हुुने छ । बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, निःशुल्क डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
छुट प्राप्त गर्न सकिने स्थानहरुः
क्र.स नाम ठेगाना छुट
१ भिङग्रेलीभिलेज रिसोर्ट घोराही, दाङ्ग सम्पूर्ण सेवामा १०%
२ पार्क फुड क्याफे एण्ड लजप्रा.लि तुल्सीपुर, दाङ्ग
३ डिलाईट कर्नर, द फेमिलि रेष्टुरेन्ट प्रा.लि. तुल्सीपुर, दाङ्ग सम्पूर्ण सेवामा १०%
४ कृष्णसार रिसोर्ट प्रा.लि गुलरीया, बर्दिया खानातथा पेय पदार्थमा२०%
५ ग्रीनपिस माध्यमिकविद्मालय कोहलपुर, बाँके भर्ना शुल्कमा२५%