२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । कोरानाको भाईरसको प्रभाव बढसंंगै नेप्सेमा भिषण पहिरो गएको छ । सोही कारण आज आईतबार नेप्से १८ दशमलव दुुई अंकले घटेर १२ सय ५१ दशमलव ४५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ७६ अंकले घटेर दुुई सय ७१ दशमलव छ अंकमा झरेको छ ।
आज एक सय २३ कम्पनीहरुको २३ सय ९१ वटा कारोबारमा चार लाख ८० हजार पाँच सय २७ कित्ता सेयर खरिद किनबेच भएकाछन् भने सेयर कारोबार रकम १९ करोड ४६ लाख ४२ हजार नौ सय ८४ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार भएकोमा तीन वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेकाछन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक २७ दशमलव १३ अंकले घटेर एक हजार ९३ दशमलव २६ अंकमा झरेकोमा विकास बैंक समुहको सुचक पनि १५ दशमलव ६७ अंकले घटेर १७ सय ११ दशमलव एक अंकमा झरेको छ ।
जलबिद्युुत, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक र लघुुबित्त समुहको सुचक पनि घटेकाछन् । होटल, निर्जिवन बीमा र अन्य समुहको सुचक भने बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज जनउत्थान सामुुदायिक लघुबित्त बित्तीय संस्था, अपी पावर लिमिटेड आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर आदि परेकाछन् भने रकम कारोवारका आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनएमबि बैंक आदि परेकाछन् ।