

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैकले १९ अर्ब ५१ करोड २० लाख रुपैयाँ लगानीको आव्हान गरेको छ । सोमबार राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे रकम लगानीको लागि आव्हान गरेको हो ।
तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा बिसं २०७७ बैशाख दुुई गते देखि बिसं २०७८ बैशाख एक गतेसम्मको लागि उक्त रकम राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही चैत १४ गते १२ः३० बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनुु पर्ने छ । लगानी गरिने कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि १५ अर्ब ६१ करोड १० लाख, बिकास बैंकहरुको लागि दुुई अर्ब ९२ करोड ६० लाख र फाईनान्स कम्पनीहरुको लागि ९७ करोड ५० लाख रुपैयाँ रहेको छ ।
रकम लगानीको लागि बैक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको , खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुु पर्ने लगायतका सर्तहरु तोकिएकाछन ।