

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कोइराला नियुक्त भएका छन् । बैक सञ्चालक समितीको यही चैत १० गते सोमबार बसेको बैठकले कोईरालालाई प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो ।
बैंकका अनुुसार नबनियुुक्त प्रमुख कार्यकारी कोईरालाको कार्यकाल चार बर्षको हुुने छ । नेपाली बैंकिङ क्षेत्रमा कुुशल व्यवस्थापकीय क्षमता भएको व्यक्तिकोरुपमा चिनिंदै आएका कोईराला बिगत सात बर्षदेखि माछापुच्छ्रे बैैकमा कार्यरत रहेकाछन ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र नेदरल्याण्डको इरासमस युनिभर्सिटीबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा कोईरालासंग बैंकिङ क्षेत्रमा झण्डै २१ बर्ष काम गरेको अनुुभव रहेको छ ।
बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासमा ८२ करोड १८ लाख ५० हजार दुुई सय ५६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ७८ करोड १३ लाख ७७ हजार छ सय ५१ रुपैयाँ रहेको थियो ।
हाल चुुक्ता पुंजी आठ अर्ब ४५ करोड ८४ लाख ७७ हजार छ सय ५० रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ९७ अर्ब ५२ करोड ३९ लाख तीन हजार एक सय ३९ रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड ६६ लाख १८ हजार पाँच सय ७६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९८ करोड ६८ लाख ७५ हजार पाँच सय ४४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकका शुन्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ८५ अर्ब १९ करोड ८४ लाख दुुई हजार एक सय ४४ निक्षेप संकलन गरी ७५ अर्ब नौ करोड ५७ लाख ७३ हजार आठ सय १६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ६९ करोड ६५ लाख ९८ हजार सात सय २९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ४४ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।