

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा न्युुनतमरुपमा शाखा खोलेर न्युुनतम कर्मचारीहरुबाट बित्तीय सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनुु निर्देशन दिएको छ ।
आज बुधबार सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा बिकास बैक, २२ वटा फाईनान्स कम्पनी र ९० वटा लघुुबित्त बित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैकले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
उक्त निर्देशन अनुसार बैंक तथा बित्तीय संस्थाहरुले बिद्युुतीय माध्यमबाट हुुने कारोवारको सुनिश्चितता गरी आफ्ना ग्राहकलाई सकेसम्म बिद्युुतीय माध्यमबाट कारोवार गर्न सुचित गर्नुुपर्नेछ ।
यसैगरी बैंक तथा बित्तीय संस्थाहरुद्धारा सञ्चालित एटिएम मेसिनहरुमा पर्याप्त मात्रामा रकम राख्ने र सो को निगरानी गर्ने व्यवस्था मिलाउनुु पर्ने छ ।
सात वटै प्रदेशका स्थानीय प्रशासनसंग समन्वय गरेर सम्भव भएसम्म निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा न्युुनतमरुपमा शाखा खोलेर न्युुनतम कर्मचारीहरुबाट बित्तीय सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन तथा, खुल्ने शाखाहरुको बिवरण तथा सम्र्पक व्यक्तिको फोन नम्वर आफ्नो वेभ साईटमा अधावधिक गर्नुुका अलावा बन्द रहने शाखाको मुुल ढोकामा सेवा पाउने शाखा र सम्र्पक व्यक्तिहरुको बिवरण टाँस गर्नुुपर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैकले निर्देशन दिएको छ ।