

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैकले बैंक तथा बित्तीय संस्था मर्जर तथा प्राप्ती सम्वन्धी बिनियमावली लागु गरेपछि १ सय ८५ वटा बैंक तथा बित्तीय संस्थाहरु मर्जर तथा प्राप्तीमा सामेल भएकाछन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७६ माघ मसान्तसम्म कुुल एक सय ८५ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका हुुन, राष्ट्र बैंकले भनेको छ ।
मर्जर तथा प्राप्तीमा सामेल भएका मध्ये एक सय ४० संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था मात्र कायम रहेका छन । राष्ट्र बैंकका अनुसार २०७६ माघसम्म कुल सात ५३ स्थानीय तहमध्ये सात सय ४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७६ माघ मसान्तमा एक सय ६४ रहेको छ ।
सो मध्ये २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेकाछन । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा आठ हजार छ सय ८६ रहेकोमा २०७६ माघ मसान्तमा नौ हजार पाँच सय ५० पुगेको छ ।
सो मध्ये वाणिज्य बैंकहरुको मात्र चार हजार ७७, बिकास बैंकहरुको एक हजार तीन सय ११, फाईनान्स कम्पनीहरुको दुुई सय ३३ र लघुुबित्त बित्तीय संस्थाहरुको तीन हजार नौ सय २९ समेत गरी नौ हजार पाँच सय ५० वटा शाखाहरु सञ्चालनमा रहेका हुुन ।