पाटन अस्पताललाई सनराइज बैंकद्वारा २० थान पीपीई सहयोग

 अर्थ बुलेटिन संवाददाता   १६ चैत, २०७६



काठमाडौं । सनराइज बैंकले पाटन अस्पताललाई २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) दिएको छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले अस्पतालका डा.विष्णु प्र. शर्मालाई सो मात्राको पीपीई हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । 

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताएका छन् ।

विश्वलाई नै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको छ । त्यसमा पनि सीमित स्रोत साधनबाट समेत अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय छ ।

यो कठिन परिस्थितीमा काम गरिरहनु भएका तमाम डाक्टर र नर्सहरुले हौसला प्रदान गर्न सानो सहयोग गरेका हौं बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने प्रमुुख कार्यकारी पौडेलले बताएकाछन ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation