

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले थप दुईवटा अनलाइन सेवा सार्वजानिक गरेको छ । कम्पनीले भनेको छ, हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा हामी सबैले हाफू लगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको छ ।
यस परिस्थितिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले म्याचुरिटी क्लेम र क्लेम ईन्टीमेशन अनलाइन सेवा संचालनमा ल्याएको हो ।
म्याचुरिटी क्लेम सेवा मार्फत आफ्ना बीमितहरुले बीमा लेख परिपक्व हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा परिपक्व (म्याचुरिटी) को समय पुगेका बीमितहरुले आफ्नो बीमा लेखको म्याचुरिटी क्लेम को प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याचुरिटीको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।
त्यसैगरी क्लेम इन्टीमेसन सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुलेदावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् ।
कम्पनीका अनुसार https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx मा गएर यो सेवा लिन सकिने छ । नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नो अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ ।
जस अन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा बिद्युतीय अफिसको रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् ।
यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम ई सेवा, प्रभुु पे र नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत अनलाईन भुक्तानी समेत गर्न सकिने कम्पनीले जनाएको छ । यो विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।