मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल

 अर्थ बुलेटिन संवाददाता   १८ चैत, २०७६



काठमाडौं । एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ । फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्था मध्येबाट मुक्तिनाथ विकास बैंक मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको हो ।

ग्राहकले मुक्तिनाथको मोबाईल बैंकिङ्ग  मार्फत कुल १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् । बैंकले १ सय ३६ वटा शाखा, २२ वटा एटिएम, १४ हजार भन्दा बढि मर्चेन्ट नेटवर्क, ३२ हजार भन्दा धेरै रेमिट्यान्स् एजेन्टमार्फत आफ्ना ६ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

बैकले ग्राहक र मर्चेन्ट बीचमा मोबाईल बैंकिङ्ग  र क्युआर भुक्तानीलाई  सक्रियता पूर्वक प्रोत्साहन गर्दै आएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation