गरिमा विकास बैंकद्वारा सातै प्रदेशलाई ५/५ लाख रुपैयाँ सहयोग

 अर्थ बुलेटिन संवाददाता   २० चैत, २०७६



काठमाडौं ।  गरिमा विकास बैंकले कोरोना भाइरस सङक्रमण रोकथामको लागि प्रत्येक प्रदेशलाई पाँच पाँच लाख  रुपैयाँको दरमा सहयोग गरेको छ ।

बैंकका अनुुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सरकारले स्थापना गरेको कोषमा सम्पूर्ण प्रादेशिक सरकारहरु मार्फत प्रत्येक प्रदेशका लागि पाँच पाँच लाखको दरले कूल ३५ लाख रुपैयाँ राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको हो । बैंकका अनुुसार यो रकम प्रदेश सरकारहरुको राहत कोषमा जम्मा गरिने छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation