

८ बैशाख, २०८२ | 21 Apr, 2025
पोखरा । नेपाल बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराले बैंकको संस्थागत सामाजिक उत्तदायित्व अन्तर्गत गण्डकी प्रदेश सरकारद्धारा स्थापना भएको कोरोना भाइरस (covid -19 रोग रोकथाम, नियन्त्रण तथाउपचार कोषमा रु पाँच लाख रुपैंया सहयोग प्रदान गरेको छ ।
नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय गण्डकीका प्रमुख विनय केशरी पौड्यालले उक्त रकमको चेक मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् ।यस अघि नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयले नेपाल सरकारको कोषमा रु १ करोड जम्मा गरि सकेको छ ।
हाल गण्डकी प्रदेशमाबिभिन्न २३ वटा शाखाहरु, १७वटा ए.टी.एम. र ५वटा एक्टेन्सन काउन्टरहरु मार्फत यस बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दे आईरहेकोमा निकट भबिष्यमा अन्य बिभिन्न क्षेत्रहरुमा समेत बैंकका थप नयाँ शाखाहरु स्थापनाको क्रममा रहेका हुँदा बैंकले आफ्नो उपस्थितिलाई गण्डकी प्रदेशमा थप दरिलो बनाउदै लैजाने सो बैंकका गण्डकी प्रदेश प्रमुखपौडेलले ले जानकारी गराएका छन् ।
साथै विद्यमान कठिन तथा विषम परिस्थितिमा बैंकले ग्राहकहरुको बैंकिङ आवश्यकतालाई सर्वोपरी मान्दै पोखरा उपत्यकाका पृथ्वीचोक तथा सि।अ।पोखरा(तेर्सापट्टी) बाट बैंकिङ सुविधाआलो पालो गरी प्रदान गर्दै रहेको पृथ्वीचोक शाखाका प्रबन्धक निलुजा श्रेष्ठले जानकारी दिए ।